काठमाडौं । एनएमबी बैंकले सातै प्रदेशमा वल्र्ड एमएसएमई डे २०२४ सम्पन्न गरेको छ । सो अवसरमा बैंकले विशेष समारोहबीच आफ्ना ग्राहकलाई सम्मान गरेको छ । कार्यक्रममा विभिन्न विभिन्न बैंकका आठ सयभन्दा धेरै ग्राहकहरूको उपस्थिति थियो ।
कार्यक्रममा उपस्थित ग्राहकहरूबीच एक आपसमा सम्बन्ध जोड्न र उनीहरूको व्यवसाय प्रवर्दन गर्नको लागि बैंकले सहजीकरण गर्दै ग्राहकहरूलाई उनीहरूको व्यवसायमा आइपरेको विभिन्न समस्याहरू समाधान गर्नको लागि सुझाव दिइएको थियो भने उपस्थित केही ग्राहकहरूले आफ्नो सफलतका कथाहरू समेत सुनाएका थिए । एमएसएमई तथा अन्य प्राथमिक क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको बैंकले, एमएसएमई दिवस विगत तीन वर्षदेखि मनाउँदै आएको छ । यस्ता कार्यक्रमा उपस्थित ग्राहकहरूले प्रतिस्पर्धात्मक बजारमा आफूलाई सशक्त बनाएर आफ्नो व्यापार व्यवसाय बढाउने समेतको आत्मविश्वास बैंकले प्रदान गरेको छ ।
एनएमबी बैंक विगत २८ वर्षदेखि अनवरतरूपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंक दि फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफदि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।
बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हालसम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरिसकेको छ । बैंकले हाल देशभर दुई सय एक वटा शाखा कार्यालय, एक सय ८८ वटा एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।