काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका–४ बस्ने ३४ वर्षीय लुसन तिवारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत विराटनगर इलाम इजलासको २०८० जेठ १० गतेको फैसलाले उक्त मुद्दामा २० दिन कैद, २७ लाख रूपैयाँ जरिवाना तथा पीडित राहत कोषमा एक लाख आठ हजार रूपैयाँ क्षतिपूर्ति शुल्क जम्मा गर्नुपर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार झापा पठाइएको छ ।