काठमाडौं । हकप्रद सेयर निष्काशनको लागि युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी र लक्ष्मी सनराइज क्यापिटलबीच सम्झौता भएको छ । यही जेठ ३१ गते सम्पन्न भएको युनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारणसभाबाट पारित निर्णय बमोजिम युनाइटेड अजोड इन्स्योरेन्सले आफ्नो हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद सेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलसँग यही असार ११ गते मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।
उक्त सम्झौतापत्रमा युनाइटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रवण रावल तथा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।