काठमाडौं । नबिल इन्भेस्टमेन्ट बैंकिङ र भू–गर्भ सिमेन्टबीच सम्झौंता भएको छ । केन्द्रीय कार्यालय नारायणचौर, नक्साल काठमाडौंस्थित भू–गर्भ सिमेन्ट लिमिटेडले सर्वसाधारण (उद्योग प्रभावित क्षेत्र, नेपाल सरकारको स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत) मा जारी पुँजीको २० प्रतिशतका दरले प्रति सेयर अंकित मूल्य एक सय रुपैयाँमा साधारण सेयरको सार्वजनिक निष्काशन गर्नका लागि नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सो सम्बन्धमा कम्पनी र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडबीच यही असार १३ धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धसम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपकराज गिरी र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।