काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीहरूका लागि रूपन्देहीको बुटवलमा रहेको जय सिद्धबाबा चस्मा पसलले आफ्ना सेवामा विशेष छुट दिने भएको छ । बैंक र सिद्धबाबा चस्मा पसलबीच हालै यस्तो सम्झौता भएको हो ।
नयाँ सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले उक्त चस्मा पसलले प्रदान गर्ने विभिन्न सेवा–सुविधामध्ये ब्रान्डेड चस्मामा २५ प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् । ग्राहकहरूले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने बताइएको छ ।
सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण व्यक्तिहरूले विशेष लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ । बैंकले हाल सबै क्षेत्रमा गरी एक सय ३५ वटा शाखा सञ्जाल तथा ७७ एटीएम र विभिन्न शाखारहित सेवा केन्द्रमार्फत् अत्याधुनिक सेवा दिँदै आएको छ ।