काठमाडौँ । सभापति देउवा निवास बूढानीलकण्ठमा सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक बस्ने भएको छ । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीभित्रको आन्तरिक छलफलका लागि सोमबार दिउँसो ३ बजे पदाधिकारी एवं पूर्व पदाधिकारी बैठक बस्नेछ ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, नेविसङ्घलगायत भ्रातृ संस्थाका म्याद सकिएको विषय, पार्टीको गतिविधिलगायत समसामयिक विषयमा छलफल हुने कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
प्रचार विभागका प्रमुख विश्वकर्माले बैठकमा असार १५ गतेबाट समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेको विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुनेसमेत बताए ।