काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड र एनआईसी एसिया क्यापिटलबीच सम्झौता भएको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउन एक सय रुपैयाँ अंकित दरका ८३ लाख ५० हनार एक सय ३५ दशमलव ४४ कित्ता अर्थात् ८३ करोड ५० लाख १३ हजार पाँच सय ४४ रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्नका लागि एनआईसी एसिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्य र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् । हाल इन्स्योरेन्स कम्पनीले ६० भन्दा बढी शाखा तथा उप–शाखा कार्यालयबाट निर्जीवन बीमा व्यवसाय गर्दै आइरहेको छ ।
एनआईसी एसिया क्यापिटलले विगत लामो समय आईडिया टु आईपीओ सेवा सञ्चालन गर्दै आइरहेका छन् । उक्त सेवाअन्तर्गत् प्रालिलाई पब्लिक कम्पनीमा परिणत गरी साधारण सेयर निष्काशन गर्नेसम्मको कार्य गरिदिने तथा हकप्रद सेयर निष्काशन गर्न चाहने कम्पनीहरूलाई हकप्रद सेयर निष्काशन सम्बन्धमा आवश्यक परामर्श सेवा सञ्चालन गरिरहेको क्यापिटलले जानकारी दिएको छ ।