काठमाडौँ, असार ७
सारथी लघुवित्त वित्तीय संस्थाले नयाँ नेपाल लघुुवित्त वित्तीय संस्थालाई मर्ज गर्ने प्रस्ताव पारित गरेको छ । संस्थाको शुक्रबार सम्पन्न भएको विशेष साधारणसभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरेको हो । मर्जरको लागि संस्थाले एकबराबर एकको अनुपातमा सेयर स्वाप रेसियो कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ । मर्जरपश्चात् दुवै संस्थाले सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्नेछन् ।
एकीकृत कारोबारपश्चात सारथी नेपाल नेपाको चुक्ता पुँजी २३ करोड १६ लाख रूपैयाँको हाराहारीमा पुुग्ने छ । हाल भने सारथीको चुक्ता पुँजी १३ करोड १६ लाख ६० हजार रूपैयाँ रहेको छ भने नयाँ नेपालको चुक्ता पुँजी १० करोड आठ लाख रूपैयाँको हाराहारीमा रहेको छ ।
यसैगरी एकीकृत कारोबारपश्चात् संस्थाको कुुल निक्षेप ६० करोड रूपैयाँको हाराहारीमा पुुग्नेछ । चालू आवको तेस्रो त्रैमासिक वित्तीय बिवरणलाई आधार मान्दा सारथीको निक्षेप ३६ करोड ९३ लाख २० हजार रूपैयाँ रहेको छ भने नयाँ नेपालको निक्षेप २१ करोड ७८ लाख ११ हजार रूपैयाँ रहेको छ ।
एकीकृत कारोबारपश्चात् सारथी नेपालको कुुल कर्जा झण्डै दुुई अर्ब ५० करोड रूपैयाँको हाराहारीमा पुुग्नेछ । हाल भने सारथीको मात्र कर्जा एक अर्ब ३४ करोड २८ लाख ३९ हजार रूपैयाँ रहेको छ भने नयाँ नेपालको कर्जा एक अर्ब २२ करोड ७५ लाख ४३ हजार रूपैयाँ रहेको छ । चालू आवको तेस्रो त्रैमासमा सारथीले दुई करोड पाँच लाख ४५ हजार रूपैयाँ खुद मुनाफा आर्जन गर्दा नयाँ नेपाल लघुुवित्तले एक करोड ६३ लाख ५१ हजार रूपैयाँ खुुद मुनाफा कमाएको छ ।
यस अवधिमा सारथीको प्रोभिजन रकबम दुुई करोड ४७ लाख ६० हजार रूपैयाँ रहेकोमा निष्क्रिय कर्जाको अनुुपात एक दशमलव १४ प्रतिशत रहेको छ । नयाँ नेपालको भने प्रोभिजन रकम ७१ लाख १९ हजार रूपैंयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुपात दुुई दशमलव ४० प्रतिशत रहेको छ ।