काठमाडौँ, असार ७
बैंक अफ काठमाण्डूले सात लाख रूपैयाँबराबरको मृत्यु बीमादाबी रकम भुक्तानी गरेको छ । बैंकको विराटनगर शाखाले बीओके प्रिमियम तलब खाताअन्तर्गतको विभिन्न सुबिधाहरूमध्ये दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्तताको सोबराबरको बीमादाबी रकम हालै खाताबाहकको परिवारलाई हस्तान्तरण गरेकोे हो ।
उक्त शाखाका खातावाहक अमिर चौधरीको दुर्घटनामा परी असामयिक निधन भएकोले बैंकले बीमा सेवा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स कम्पनीसँगको समन्वयमा बैंक प्रदेश नं. १ का प्रादेशिक कार्यालय प्रमुख दिपेन्द्र बुढाथोकीबाट उक्त बीमादाबी रकम स्व. चौधरीका श्रीमती मनिषा चौधरीलाई हस्तान्तरण गरेका हुन् । बैंकले हाल सबै क्षेत्रमा गरी ८९ शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहक महानुभावहरूलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।