काठमाडौँ, असार ७
देव भाषा, धर्म, संस्कृत, परम्पराको संरक्षण आदि बारे शिक्षा प्रदान गर्दै आएको बुढानिलकण्ठ वेद विद्याश्रममा ३५ जना विद्यार्थी बसोबास गर्दै आएका छन् । हालको स्थितिमा उक्त विद्याश्रमलाई त्यहाँ बसोबास गर्दै आएका छात्रहरूलाई आर्थिक र खाद्य सामग्री प्रबन्ध गर्न कठिनाइ भएको र आर्थिक सहयोगको आवश्यकता परेको जानकारी प्राप्त भएअनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बुढानिलकण्ठ वेद विद्याश्रमलाई आर्थिक सहयोग गरेको छ ।
शनिबार एक कार्यक्रमबीच बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्तरूपमा दुुई लाख २५ हजार रूपैयाँ सहयोग गरेको बैंकले जानकारी दिएको छ । साथै बैंकले पूजा सामग्री, दाल, चामल, गेडागुडी गहुँ, पीठो, तेल आदि खाद्य सामग्री बुढानिलकण्ठ मन्दिरका मठाधीश स्वामी निगमानन्दलाई हस्तान्तरण गरेको जनाएको छ ।