काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा छ करोड १२ लाख १८ हजार छ सय ७२ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ३१ लाख ४१ हजार तीन सय ९७ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३८ करोड २२ लाख ५८ हजार तीन सय ४५ रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासमा एक अर्ब ३६ करोड ६७ लाख ७० हजार आठ सय आठ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ५३ करोड ३५ लाख सात सय ५५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २१ करोड २४ लाख १८ हजार चार सय ७६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव १० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा दुई करोड १९ लाख ५८ हजार सात सय ३२ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने पाँच दशमलव शून्य आठ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले एक अर्ब २८ करोड ३७ लाख ८५ हजार तीन सय ३७ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब आठ करोड ८० लाख २८ हजार एक सय ३७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १६ करोड ८७ लाख १७ हजार नौ सय ६२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ७२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर तीन दशमलव ४४ प्रतिशत रहेको थियो ।