काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले झोर काठमाडौंमा रहेको गैरीगाउँ महिला केन्द्रलाई २० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । फाइनान्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बुधबार महिला केन्द्रलाई केन्द्र घर निर्माण गर्न आर्थिक सहयोग गरेको हो ।
टोखा नगरपालिका १ झोरमा आयोजित एक कार्यक्रमका बीच संस्थाको शाखा कार्यालय मनमैजु, काठमाडौंका शाखा प्रबन्धक चक्रबहादुर लामाले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । सहयोग रकम केन्द्र घर निर्माण, व्यवस्थापन तथा सञ्चालनका लागि प्रयोग गरिने महिला केन्द्रका केन्द्र प्रमुख रोशिका तामाङले जानकारी दिइन् । मेरो माइक्रो फाइनान्सको देशका ६४ जिल्लामा एक सय ४९ शाखा कार्यालयमार्फत करिब एक लाख ६० हजार घरपरिवारलाई वित्तीय सेवा पुर्याउँदै आइरहेको छ ।