भिसा शुल्क एक्कासी दोब्बर भन्दा बढी बनाएको छ । भिषा शुल्क बढेपछि अन्तर्राष्ट्रिय विद्यार्थीहरुले त्यसको आलोचना गरेका छन् । विद्यार्थीहरुले अष्ट्रेलियन सरकारले आफूहरुलाई क्यास काउ (ठूलो आम्दानी हुने व्यवसाय) ठानेको जनाएका छन् । नन रिफन्डेबल भिसा फी बिना कुनै पूर्वजानकारी ७१० डलरबाट १६०० डलर पुर्‍याइएको छ ।