काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमी मिस्टर नेपालको मुख्य प्रायोजक भएको छ । युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले नेक्स्ट मोडल्स नेपालले २०१६ देखि नियमितरूपमा मिस्टर नेपालको आयोजना गर्दै आएको छ ।
रियलमी नेपालका कन्ट्री हेड मुनिस गिरीले मिस्टर नेपालसँगको यस सहकार्यले नेपाली युवा उपभोक्ताहरूसँग विश्वासिलो सम्बन्ध निर्माण गर्ने र नेपाली बजारमा आफ्नो बलियो छाप छोड्ने रियलमीको प्रतिबद्धतालाई झल्काउने बताए । त्यस्तै, नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले यो सहकार्यले मिस्टर नेपाललाई नयाँ उचाइमा पु¥याउने उल्लेख गरे ।
देशभर छरिएर रहेका युवाहरूलाई सहभागिताको अवसर प्रदान गर्दै उत्कृष्ट प्रतिभा चयन गर्न देशभर अडिसन गर्न लागेको आयोजकको भनाइ छ । झापाबाट सुरु भएको ‘रियलमी मिस्टर नेपाल २०२४’ को अडिसन यसपछि विराटनगर, जनकपुर, हेटौंडा, चितवन, बुटवल, नेपालगञ्ज, धनगढी, पोखरामा हुँदै काठमाडौंमा समापन हुनेछ ।