काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले टियागो ईभी मन्सुन एक्सचेन्ज मेलाको आयोजना गरेको छ । मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो ईभीसँग साट्न सकिने छ । टाटा मोटर्सको सोरुम थापाथलीलगायत देशैभर रहेका सोरुमहरूमा शुक्रबारदेखि सुरु भएको मेला आइतबारसम्म चल्नेछ ।
यस मेलामा सहभागी भएर ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क अटोप्लस इन्स्योरेन्स, निःशुल्क दुई आर्थिक वर्र्षको सवारी कर, एक्सेसरिज र तीन वर्षको निःशुल्क सर्भिसिङ सुविधाहरूको फाइदा लिन सकिने कम्पनीले जनाएको छ । साथै, टेस्ट ड्राइभ र बुकिङमा स्योर सट गिफ्टहरू पनि पाउन सकिनेछ ।