काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक नेप्से २१ दशमलव २७ अंकले उकालो लागेर २१ सय ४० दशमलव ९७ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५२ अंकले उकालो लागेर तीन सय ७८ दशमलव २२ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय २५ वटा कम्पनीहरुको ८० हजार आठ सय ३८ पटक सेयर किनबेच भएको छ । जसबाट कुल एक करोड ४० लाख १४ हजार छ सय २२ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब २९ लाख ३१ हजार आठ सय ५४ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बिकास बैंक, फाईनान्स र व्यापार उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य उपसमुहहरुको सुचक उकालो लागेका छन् ।