कोलम्बो । श्रीलङ्काको सरकारी ऋण स्टक सन् २०२३ डिसेम्बरदेखि सन् २०२६ अप्रिलसम्म आठ खर्ब रुपैयाँ (दुई अर्ब ६) करोड अमेरिकी डलर)ले घटेको एक राज्यमन्त्रीले आइतबार बताएका छन् । अर्थ राज्यमन्त्री शेहान सेमासिंघेले सामाजिक सञ्जाल पोस्टमा विदेशी कर्जा स्टक नौ दशमलव दुई प्रतिशतले उल्लेखनीयरूपमा कमी भएको बताए । देशको कुल आन्तरिक ऋण स्टक एक दशमलव आठ प्रतिशतले थोरै बढेको उनले उल्लेख गरे ।