काठमाडौँ । आजका लागि तोकिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको बैठक बुधबारका लागि सरेको छ । बैठक भोलि असार २६ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको पार्टीका केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले जानकारी गराए ।