काठमाडौं । कृषि विकास बैंकले श्री राधाकृष्ण मन्दिर नागार्जुन –१ लाई सहयोग गरेको छ । बैंकले काठमाडौंमा रहेको सो मन्दिरलाई एक लाखबराबरको दराज, कुर्सी, टेबललगायतका फर्निचर सामग्री सहयोग गरेको हो ।
बैंकले सो सहयोग संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गरेको हो । फर्निचर सामग्री हस्तान्तरण कार्यक्रमको अध्यक्षता मन्दिर संरक्षण समितिका अध्यक्ष नरहरि घिमिरेले गरेका थिए भने प्रमुख अथितिको रुपमा कृषि विकास बैंकका उपमहाप्रबन्धक डा. बाबुकाजी थापा थिए । प्रमुख अथिति डा. थापाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गतको यो सहयोग समाज र बैंकलाई जोड्ने पुल भएको र यसले विविध अनेकतालाई एकताको प्रतिक रुपमा स्थापित गर्ने र मन्दिरपरिसरमा उपस्थित हुने वृद्ध आमाबुबालगायत भक्तालुहरूलाई सहायता पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा अध्यक्ष नरहरि घिमिरेले कृषि विकास बैंकको सहयोगको सराहना गर्दै खुशीका साथ बैंकलाई धन्यवादज्ञापन गर्दै आगामी दिनहरूमा पनि सहयोग अपेक्षा व्यक्त गरे ।