काठमाडौं । नेपाल एसबीआई बैंकले आफ्नो ३१औँ वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले शपथग्रहण समारोहको आयोजना गरेको थियो, जहाँ बैंकका सबै कर्मचारीहरूले बैंकप्रतिको जिम्मेवारी र प्रतिबद्धतालाई स्वीकार गर्ने शपथ लिएका थिए ।
समारोहलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा सीइओ दीपक कुमार डेले बैंकको उपलब्धिमाथि प्रकाश पारेका थिए । उनले वित्तीय सेवामा अग्रणी र अग्रगामीको रूपमा बैंकको स्थिति कायम राख्न व्यक्तिगत जिम्मेवारी लिन पनि जोड दिए । त्यसैगरी उपसीईओ तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पाण्डाले बैंकको उपलब्धिमा योगदान पु¥याउने सबै स्टाफ सदस्यलाई धन्यवाद दिए र आगामी वर्षहरूमा पनि जारी राख्न अनुरोध गरे । चिफ अपरेटिङ अफिसर यदभेन्दर कान्तले सबै पक्षप्रति कृतज्ञता व्यक्त गर्दै सबै सहभागीलाई धन्यवादज्ञापन गरे ।
बैंकले भर्खरै खोलिएका दुईवटा शाखा पिडारी चोक, जनकपुर र रामपुर बजार, पल्पा, २२ वटा एक्सटेन्सन काउन्टर, १७ वटा बीएलबी, सातवटा प्रदेश कार्यालय, एक सय २१ वटा एटीएम र एउटा कर्पोरेट कार्यालयसहित १०० वटा पूर्ण शाखाहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।