काठमाडौं, असार ८
सूर्योदय लघुुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) अनुसार संस्थाको एक चार लाख ८० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । संस्थाको पछिल्ले पटक सात सय ९३ रूपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । बजार पुँजीकरण एक अर्ब २३ करोड ६४ लाख ५६ हजार सात सय दुुई सय रूपैयाँ पुुगेको संस्थाको नेप्सेमा भने एक सय रूपैयाँ अंकित मूल्य कायम रहेको १५ करोड ५९ लाख २१ हजार चार सय रूपैयाँ बराबरको १५ लाख ५९ हजार दुुई सय १४ कित्ता सेयर सूचीकृत रहेको छ ।
संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन करोड २९ लाख २२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुुई करोड ६५ लाख १५ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी २१ करोड ५० लाख ४२ हजार रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब सात करोड १६ लाख ८७ हजार रूपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ७२ करोड ४७ लाख २६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १० करोड ३६ लाख ४४ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले ५४ करोड २३ लाख ६१ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३२ करोड ३५ लाख ८१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड ३३ लाख ६५ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ९३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।