काठमाडौँ । स्रोत नखुलेको ३८ लाखसहित चितवन भरतपुर महानगरपालिका–१५ गणेशटोल निवासी ४८ वर्षीय माधव श्रेष्ठलाई काठमाडौँ महानगरपालिका–२२ सुन्धाराबाट प्रहरीले पक्राउ गरेको छ ।
उनलाई उक्त नगदसहित जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले पक्राउ गर्नुका साथै बाप्र २०४८प ८१३० नम्बरको स्कुटर र एक थान मोबाइल पनि बरामद गरेको छ ।
यसैबीच, बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँबाट २०८१ असार १२ गते पक्राउ अनुमति जारी भई फरार रहेका काठमाडौँ महानगरपालिका–७ कुमारीगाल बस्ने ५२ वर्षीय मणिराम पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका कुमारीगालबाट पक्राउ गरेको हो । निजलाई प्रहरी वृत्त गौशालाले हिरासतमा लिएर अनुसन्धान थालेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।