राष्ट्रपति रामचन्द्र पौडेलले बहुमतका आधारमा नयाँ प्रधानमन्त्री गठनका लागि आइतवार साँझ पाँच बजेसम्मको समय सीमा दिएर दलहरूलाई आह्वान गरेका छन्। राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छस् “नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष आफ्नो दाबी मिति २०८१र३र३० गते आइतवार अपराह्न ५ बजेभित्र पेश गर्न आह्वान भएको छ।”