काठमाडौं, असार ८
धितोपत्रको दोस्रो बजारको कारोबार पुुनः स्थगित भएको छ । नेपाल धितोपत्र बोर्डको यही जेठ ३२ गतेको पत्रअनुसार सरकारले लकडाउनको अवधिभर धितोपत्रको दोस्रो बजारको कारोबार साबिकबमोजिम नै स्थगन गर्न निर्देशन प्राप्त भएको थियो । सोही निर्देशनअनुुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को यही असार छ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ को उपनियम १ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अर्को निर्देशन प्राप्त नभएसम्मको लागि यही असार सात गते आइतबारबाट धितोपत्रको दोस्रो बजारको कारोबार स्थगन गर्ने निर्णय भएको जानकारी नेप्सेले दिएको छ ।
देशमा कोरोना भाइरसको महामारी बढ्दै गएपश्चात् सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । सोही आधारमा नेप्सेले चैत १० गतेदेखि नै सेयर कारोबार बन्द गरेको थियो । पछिल्लो पटक यही वैशाख ३० गते मंगलबारदेखि नेप्सेले दैनिक दुुई घण्टा अर्थात् ११ बजेदेखि एक बजेसम्म सेयर कारोबार खुला गर्ने प्रयास गरेको थियो । तर, कारोबार खुुलेकै दिन नेप्सेमा लगातार निगेटिभ सर्किट ब्रेक लागेको थियो । पहिलो दिन १० करोडको सेयर किनबेच हुुँदा नेप्से २५ अंकले घटेको थियो भने दोस्रो दिन पनि नेप्से खुुलेको पहिलो ३९ मिनेट अर्थात् ११ बजेर ३९ मिनेटमा नै नेप्से २४ अंक अर्थात् दुुई प्रतिशतभन्दा तल झरेको थियो ।
सोपश्चात् उक्त दिन अर्थात् बुुधबार ११ बजेर ३९ मिनेटमा नै उक्त दिनको पूरै कारोबार स्थगन गरिएको थियो । सो लगत्तै नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्जका प्रतिनिधि, लगानीकर्ताहरू, मर्चेन्ट बैंकर, सेयर ब्रोकर आदि समेतको सल्लाहमा लकडाउनको अवधिभर अर्थात् जेठ पाँच गतेसम्म नै सेयर कारोबार बन्द गर्ने निर्णय नेप्सेले गरेको थियो । सोपश्चात् सरकारले पटक–पटक लकडाउनको अवधि थप गर्दै यही जेठ ३२ गतेसम्म कायम गरेको थियो । सोपश्चात् असार एक गतेदेखि लकडाउन खुकुुलो गरिए पनि नेप्सेले भने असार चार गतेसम्म नै सेयर कारोबार बन्द गर्ने निर्णय गरेको थियो । तर सोपश्चात् पनि नेप्सेले पुुनः असार छ गते बैठक बसेर धितोपत्र बोर्डको निर्देशनअनुुसार भन्दै असार सात गतेदेखि पुुनः सेयर कारोबार स्थगन गरेको हो ।