नेकपा (एमाले)ले आफ्नो भागमा परेको मन्त्रालयहरुमा कस्लाई पठाउने भन्ने बारे टुङ्गो लगाएको छ । समाचार स्रोतका अनुसार एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री ,उपमहासचिव पृथ्वी सुब्बा गुरूङ सञ्चार तथा सूचना प्रविधि मन्त्री , मानवीर राई रक्षा मन्त्री, देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री , विद्या भट्टराई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, बलराम अधिकारी भूमि व्यवस्था मन्त्री र दामोदर भण्डारी उद्योग मन्त्री बन्ने टुंगो लगाएको छ ।
आइतबार प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान पद तथा गोपनीयताको शपथ लिँदैछन्।