काठमाडौं,अशोक राई नेतृत्वको जनता साजवादी पार्टीले २ जना मन्त्रीको नाम टुङ्गो लगाएको छ । सोमबार बिहान बसेको जसपाको बैठकले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने निर्णय गरेको हो । खानेपानी मन्त्रीमा यादव जाने भएपनि नवल किशोर साहले कुन मन्त्रालय पाउने भन्ने टुङ्गो लागेको छैन ।