काठमाडौं । मञ्जुश्री फाइनान्सले ‘मञ्जुश्री तलब बचत खाता’ सञ्चालनमा ल्याएको छ । विशेषतः कर्मचारीहरूको सुविधाका लागि ल्याइएको यो खातामा १० लाखसम्मको दुर्घटना बीमाको साथै एक लाखसम्मको घातक रोगको लागि समेत बीमाको सुविधा उपलब्ध गराएको छ । खाता सञ्चालन भएदेखि पाँच वर्षसम्म निःशुल्क मोबाइल बैंकिङ तथा एटीएमको सुविधा समेत रहेको एस तलब बचत खातामा फाइनान्सले उच्चतम ब्याजदर दिनेछ ।
फाइनान्सले यस तलब बचत खाता अन्तरगत सुलभ ब्याजदरमा अधिकतमरु १५ लाखसम्मको कर्जा विनाधितोमै आफ्ना ग्राहकलाई दिने सुविधा उपलब्ध गराउनेछ । आफ्ना २७ शाखाबाट यस फाइनान्सले करिब एक लाख १० हजार ग्राहकलाई सेवा पुर्याउँदै आएको छ । मञ्जुश्री फाइनान्सले जेठ मसान्तसम्म १७ अर्ब ८३ करोड निक्षेप सङ्कलन र १५ अर्ब ५० करोड कर्जा प्रवाह गरेको छ । मञ्जुश्री फाइनान्सले पछिल्लो त्रैमासमा १५ करोड रूपैयाँ नाफा कमाउन सफल भएको जनाएको छ ।