काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न छ स्थानमा आइतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । सुनसरी जिल्लाको हरिनगरा नगरपालिका वडा नः २, भुटाहास्थित शाखा कार्यालय भुटाहा, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नः २, लाजिम्पाटस्थित शाखा कार्यालय लाजिम्पाट, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नः ४, सुकेधारास्थित शाखा कार्यालय सुकेधारा, कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नः १, हरिचोकस्थित शाखा कार्यालय हरिचोक, रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नः ५, मणिग्रामस्थित शाखा कार्यालय मणिग्राम, बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नः ६, मैनापोखरस्थित शाखा कार्यालय मैनापोखर शाखा कार्यालयहरू विस्तार गरी आइतबारबाट कारोबार शुभारम्भ गरिएको बैंकले जानकारी दिएको छ ।
यसपछि बैंकको शाखा कार्यालयहरूको संख्या दुई सय ९४ वटा पुगेको छ । साथै बैंकले आइतबार नै स्याङ्जाको चापाकोट नगरपालिका वडा न. १० स्थित इसान बहुप्राविधिक शिक्षालयमा ७३औँ एक्स्टेन्सन काउन्टर समेत सञ्चालनमा ल्याएको छ ।