काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले चाडपर्वको अवसरमा ल्याएको ‘हुन्डाई फोस्टिभ डिलाइट २०८०’ अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ ।
सो अफरको विजेताको घोषणा हुन्डाई नेपालको फेसबुकमा लक्की ड्रमार्फत सोमबार गरिएको थियो । अफरअनुरुप बम्पर लक्की ड्रअन्तर्गत, सुनसरीका ईन्द्र प्रसाद गुरागाई, कुपन नम्बर ५३ ले जितेका छन् । उनले हुन्डाई एक्सटर जितेका छन् । सो अफरअनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले छ लाखसम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्डमार्फत थप एक लाखसम्मको नगद छुट र बम्पर उपहारअन्तर्गत लक्कि ड्रमार्फत एक जना विजेतालाई हुन्डाई एक्सटर जित्ने मौका थियो । कम्पनीले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ ।