काठमाडौं, एक वर्षमा बैंक तथा वित्तीय सस्थामा ४८ लाखभन्दा बढी निक्षेप खाता थपिएका छन् । राष्ट्र बैंकका अनुसार २०८० असार १ गतेदेखि २०८१ जेठ मसान्त्सम्म वाणिज्य बैंकहरूमा ३९ लाख ६६ हजार, विकास बैंकहरूमा सात लाख ३८ हजार र फाइनान्स कम्पनीहरूमा एक लाख चार हजार निक्षेप खाता थपिएकोे छ । बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप खाता संख्या पाँच करोड ५४ लाख ७५ हजार नौ सय १८ पुगेको छ । यो संख्या २०८० जेठ मसान्तमा पाँच करोड पाँच करोड छ लाख ६६ हजार दुई सय पाँच थियो । गत जेठसम्म सञ्चालनमा रहेका खातामध्ये वाणिज्य बैंकमा चार करोड ७५ लाख १२ हजार छ । एक वर्षअघि वाणिज्य बैंकहरूमा चार करोड ३५ लाख ४६ हजार खाता थिए ।
विकास बैंकहरूको खाता संख्या ७० लाख ८४ हजार छ । एक वर्षअघि ६३ लाख ४५ हजार निक्षेप खाता थियो । फाइनान्स कम्पनीहरूमा गत जेठसम्म आठ लाख ७८ हजार निक्षेप खाता सञ्चालनमा छन् । एक वर्षअघि सात लाख ७४ हजार निक्षेप खाता थिए । २०८१ जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा १९ लाख एक हजार ५१ वटा कर्जा खाता सञ्चालनमा छन् । एक वर्षअघिको तुलनामा ४५ हजार दुई सय ७१ वटाले बढी हो । २०८० जेठ मसान्तमा कुल कर्जा खाता १८ लाख ५५ हजार सात सय ८० वटा थियो । वाणिज्य बैंकहरूमा १५ लाख ७१ हजार ३८, विकास बैंकहरूमा दुई लाख ८६ हजार नौ सय ६७ र फाइनान्स कम्पनीहरूमा ४३ हजार ४६ वटा कर्जा खाताहरू सञ्चालनमा छन् । एक वर्षअघि वाणिज्य बैंकहरूसँग ४३ हजार छ सय ८५, विकास बैंकहरूमा एक सय ३३ र फाइनान्स कम्पनीहरूमा एक हजार चार सय ५३ कर्जा खाता सञ्चालनमा छन् ।