काठमाडौं, बैंकिङ प्रणालीमा भएको अधिक तरलतालाई नियन्त्रणमा राख्नको लागि नेपाल राष्ट्र बैंकले बुधबार ५० अर्ब रुपैयाँ निक्षेप तानेको छ । स्थायी निक्षेप सुविधामार्फत बजारबाट निरन्तर पैसा तानिरहेको केन्द्रीय बैंकले बुधबार निक्षेप संकलन बोलकबोल मार्फत ५० अर्ब रुपैयषँ तरलता प्रशोचन गरेको हो । राष्ट्र बैंक्ले साउन १ गतेसम्म बैंकिङ प्रणालीमा बढी भएको तीन खर्ब ७३ अर्ब रुपैयाँ खिचेको देखिन्छ । त्यसपछि पनि प्रणालीमा अधिक तरलता भएपछि केन्द्रीय बैेंकले थप पैसा तानेको हो । २१ दिनको अवधि तोकेर बोलकबोल गरेको निक्षेप संकलन उपकरणको सावाँ ब्याज भुक्तानी साउन २३ गते हुनेछ । राष्ट्र« बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको लागि यो मौद्रिक उपकरण बिक्री गरिएको हो । खरिदकर्ताहरूले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न व्यवस्था गरिएको थियो । सोही व्यवस्थाअनुसार वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीहरूले यो मौद्रिक उपकरण खरिद गरेको राष्ट्र बैंकले जनाएको छ । बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप सङ्कलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप सङ्कलन गर्नेगर्दछ, जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरीकन निक्षेप सङ्कलन दरमा निक्षेप सङ्कलन गर्न सकिने व्यवस्था पनि रहेको छ ।