ललितपुर : बाग्मती प्रदेश स्केटिङ तथा स्केट बोर्डिङ संघले आगामी वर्षको कार्ययोजना सार्बजनिक गरेको छ । सोमवार ललितपुरमा भएको एक कार्यक्रममा बिच बाग्मती प्रदेशका अध्यक्ष ई. प्रकाश श्रेष्ठ, उपाध्यक्ष बिकाश लामा, ई. सुमन कट्टेल, महासचिव साजन देउजा, कोसाध्यक्ष अनिष बानिया, सह सचिव माईकल पर्जा, सदस्यहरु सन्जिव भट्टराई, बिपिन कुइकेल, राम दहाल, आरती लामा, प्रमुख अत्तिथी डा. ई. राजकुमार दाहल, विशिष्ट अतिथी केन्द्रका महासचिव ई. सत्य थापा, विशिष्ट अतिथी रोनित पुजारी )बाग्मती प्रदेश कोच),अतिथी सुमित के.सि. )मकवानपुर अध्यक्ष), अतिथी नवारज खड्का (दोलखा अध्यक्ष), अतिथी प्रेम थिङ, अतिथी व्हाइट रयाविट स्टुडियो का सिइओ ई. परिवेष कोइराला (स्पोन्सर), डाइनमिक स्केट क्लब का सिइओ रोजन भासिमा (स्पोन्सर) उपस्थितिमा आर्थिक वर्ष २०८१/०८२ को कार्ययोजना सार्वजनिक गरिएको हो । बाग्मती प्रदेश स्केटिङ तथा स्केट्बोर्डिङ सङ्घ का ८१/८२ कार्ययोजनाहरु । १. बाग्मती प्रदेशका १३ जिल्लामा रहेका सम्पुर्ण क्लवहरुलाई यस सङ्घ सम्बन्धन लिन पर्ने । २.अब प्रत्यक क्लव ,स्कुल ले बाग्मती प्रदेश बाट सर्टिफाइड कोच हरु मात्र राख्न पाउने। ३.यस खेलमा सद्भाव राख्नेहरुलाई आजिवन सदस्य बन्न पेरित गर्ने। स्केट् को प्लयेर हरुलाई उप्त्यका को स्कुल , कलेजमा छात्रवृत्ति को ब्यावस्था मिलाउने । ४.बाग्मती प्रदेश बाट बाहिर देश खेल्न जाने खेलाइडिहरुलाई सङ्ग ले केन्द्र , रा. खे . प. संघ समन्य गरेर निसुल्क पठाउने । ५.बाग्मती प्रदेश अन्तरगत पर्ने स्थानमा स्केट पार्क पालिका या ब्यापरिक परियोजन को लागि बनाउन्दा यस संघ सङ्ग स्वीकृति लिनु पर्ने र संघ को गाइड लाइन्स अनुसार बनाउने पर्ने । ६.संघ को जर्सी अनिवार्य रुपमा कम्तिमा ५ वटा आफ्नो आउट्लेट्मा राख्नु पर्ने। ७.यस 81/82 आर्थिक बर्ष पालिका,वडा सङ्ग समन्य गरेर दुइटा स्केट पार्क बनाउने (रसुवाको रेड पान्डा पार्क भित्र ,भक्तपुर को चिल्ड्रेन पार्क भित्र) र दुइटा सरकारी स्कुलमा स्केट मैदान बनाउने काभ्रेको को बिधालय र भक्तपुर को बिधालयमा) ८.रसुवा जिल्लाको गोसाइँकुण्ड मा फिगर स्केटिङ्ग र आईस हकि गराउने आफ्नो कार्यकाल अवधि भरीमा। बाग्मती प्रदेश को खेलाडी निर्जरा श्रेष्ठले रोलर स्केट्को केही झलकहरु देखाएका थिए । यो पनि पढ्नुहोस्

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको अधिवेशन