विदेशी मुलुकको स्थायी आवास अनुमतिपत्र (पिआर) लिएको उजुरीमाथि उच्चपदस्थहरुमाथि राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गरिरहेको पाइएको छ। सार्वजनिक पद धारणा गरेकालाई कानुनले बर्जित गरेको पिआर लिएको आरोपमा केन्द्रले छानबिन गरेको हो । जसमा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ, रक्षासचिव किरणराज शर्मा, धुलिखेल अस्पतालका कार्यकारी निर्देशक रामकण्ठ माकाजू श्रेष्ठ र अर्थ मन्त्रालयअन्तर्गत कार्यरत रामप्रसाद मैनालीमाथि राष्ट्रिय सतर्कता केन्द्रको छानबिन गरेको छ ।