काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सल्लाहकारहरू नियुक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो प्रमुख आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त गरेका छन् । उनी ओली प्रधानमन्त्री हुँदा अर्थमन्त्री थिए ।
यस्तै, राजनीतिक सल्लाहकारमा एमालेका उपमहासचिव विष्णु रिमाललाई नियुक्त गरेका छन् । उनी यसअघि पनि ओली प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार नै थिए । प्रधानमन्त्रीले सरकारको कानुनी सल्लाहकार (महान्यायाधिवक्ता)मा वरिष्ठ अधिवक्ता रमेश बडाललाई नियुक्त गरेका छन् । उनी पनि यसअघि सो पदमा नियुक्त भइसकेका थिए । प्रधानमन्त्री ओलीले प्रमुख स्वकीय सचिवमा राजेश बज्राचार्य तथा स्वकीय सचिवालयमा रोशनी मेचे, दीपेन्द्र दाहाल, रामशरण बजगाईँ र दिनेश भण्डारीलाई नियुक्त गरेका छन् ।