काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीलाई सहज तथा विस्तार गर्ने क्रममा अन्तर्राष्ट्रिय क्युआर भुक्तानी सेवा सुरु गरेको छ । बैंकले फोन–पेसँगको सहकार्यमा यो सेवा सुरु गरेको हो । यो सेवा सुरु भएपश्चात भारतीय ग्राहकहरूले भिम र फोन–पेलगायतका भारतीय भुक्तानी सेवा प्रदायकको माध्यमबाट मुक्तिनाथ विकास बैंकअन्तर्गतका मर्चेन्टहरूमा राखिएको क्युआर कोड स्क्यान गरी डिजिटलरूपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।
यस प्रकारको सेवाहरूले भारतीय पर्यटकहरूलाई नगद बोक्ने झन्झट नभई नेपाल र भारतबीचको आर्थिक तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाई नेपालको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको बैंकले जनाएको छ ।