काठमाडौं, असार ९
नेपालको लागि हुण्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. (लक्ष्मी हुण्डाई) ले हाल कोविड–१९ को बद्लिँदो परिस्थितीलाई सहज बनाउन र आफ्ना ग्राहकहरुको यात्रामा निरन्तर साथ दिनको लागि एक विशेष प्याकेज ल्याएको छ । जस अन्तर्गत ग्राहकहरुले विभिन्न किसिमका छुुट र अन्य फाईदाहरु प्राप्त गर्न सक्नेछन् ।
हाल कोविड–१९ ले ल्याएको चुनौतीहरुसँग सामना गरी अघी बढ्न हिम्मत र हौसला प्रदान गर्नको लागि लक्ष्मी हुण्डाईले एक सानो प्रयास स्वरुप विशेष प्याकेजको सुरुवात गरेको कम्पनीले जनाएको छ । ग्राहकहरुका लागि यस विशेष प्याकेज अन्तर्गत हुण्डाई गाडीको खरिद गर्दा पहिलो वर्षको मासिक बैंक किस्तामा लक्ष्मी हुण्डाईले ५० प्रतिशतको साथ दिनेछ ।
यस्का साथै ग्राहकहरुले आकर्षक नगद छुट, एक वर्षको निस्शुल्क विमा, निस्शुल्क सडक कर (आ.व.०७७/७८) का साथै स्पट एक्स्चेन्ज र सरल फाइनान्सको पनि फाईदा लिन सक्नेछन् । यस बिशम् परिस्थितीमा कोरोना भाईरस बिरुद्ध लडीरहेका स्वास्थ्यकर्मीहरुका लागि पनि लक्ष्मी हुण्डाईले विशेष प्याकेज उपलब्ध गराएका छन् ।
यससँगै चार वर्ष को निस्शुल्क सर्भिस र तीन वर्षको वारेन्टी पनि उपलब्ध रहेको छ । लक्ष्मी हुण्डाईले यस बिशम् परिस्थितिमा आफ्नो ग्राहकहरुको मनोबल बढाउनुको साथै, आफ्नो कम्पनीको “मानवताको प्रगति“ को प्रतिज्ञा तर्फ दृढ प्रतिबद्धता देखाएको बताएको छ । यस कम्पनीे उत्कृष्ट सेवा र अनुभव प्रदान गर्नुका लागि सधैं प्रतिबद्ध रहेको पनि जनाएको छ ।