फ्र्याङ्कफर्ट । युरोपेली केन्द्रीय बैंक (इसीबी)ले अपेक्षा गरेअनुसार ब्याजदरहरू अपरिवर्तित राखेको छ । गभर्निङ काउन्सिलले बिहीबार तीन प्रमुख इसीबी ब्याजदरहरू अपरिवर्तित राख्ने निर्णय गरेको हो ।
गभर्नर काउन्सिलले समयमै मुद्रास्फीति आफ्नो दुई प्रतिशत मध्यम–अवधि लक्ष्यमा फर्काउने सुनिश्चित गर्न कटिबद्ध रहेको उल्लेख गरेको छ । इसीबीले ब्याजदर निर्णृय आगामी आर्थिक र वित्तीय तथ्याङ्क, अन्तरनिहित मुद्रास्फीतिको गतिशीलता र मौद्रिक नीति प्रसारणको बलको आधारमा मुद्रास्फीति दृष्टिकोणको मूल्याङ्कनमा आधारित हुने बताएको छ ।
इसीबी अध्यक्ष क्रिस्टिन लार्गार्डले घरेलु मुद्रास्फीतिमा अझै दबाब रहेकोले सतर्क रहनुपर्ने बताइन् । लागार्डले कमजोर विश्व अर्थतन्त्र वा प्रमुख अर्थतन्त्रहरूबीचको व्यापार तनावमा वृद्धिले यूरो क्षेत्रको वृद्धिलाई असर गर्नेछ । उनले उच्च ब्याजदरले अपेक्षितभन्दा बढी गतिविधिलाई असर गर्न सक्ने बताइन् ।
अध्यक्ष लागार्डले युरो क्षेत्रको अर्थतन्त्र पहिलो त्रैमाससिकको शून्य दशमलव तीन प्रतिशतभन्दा दोस्रोे त्रैमासमा सुस्त गतिमा बढेको उल्लेख गरेकी छिन् । उनले आगामी सेप्टेम्बरमा के गर्छौँ भन्ने प्रश्न खुला रहेको बताइन् । बिहीबारको निर्णय पछि यूरो आंशिकरूपमा कमजोर भएको छ ।