काठमाडौं, असार ९ लुुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले सेयर मूल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार कम्पनीले आठ दशमलव १२ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य तीन सय ४६ रूपैयाँ तोेकेको हो । कम्पनीको पछिल्लो पटक तीन सय ७४ रूपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको छ । बजार पुँजीकरण चार अर्ब २७ करोड तीन लाख ३२ हजार रूपैयाँ रहेको कम्पनीको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा भने एक सय रूपैयाँ अंकित मूल्य कायम रहेको एक अर्ब १४ करोड १८ लाख रूपैयाँबराबरको एक करोड १४ लाख आठ हजार कित्ता सेयर सूचीकृत रहेको छ ।