काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक बर्ष २०८०/८१ मा १४ करोड ६६ लाख ६८ हजार १९ रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा चार करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा संस्थाले १० करोड ७४ लाख ७३ हजार तीन सय १२ रुपैयाँ खुद नाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी ९४ करोड ४३ लाख ५१ हजार ६५ रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा छ अर्ब २७ करोड ३१ लाख २८ हजार छ सय ७० रुपैयाँ कर्जा प्रवाह गर्दा २४ करोड ४७ लाख ६९ हजार दुई सय ५९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ३१ प्रतिशत रहेको संस्थाको स्प्रेडदर दुई दशमलव २४ प्रतिशत रहेको छ भने वितरणयोग्य नाफा छ करोड ७६ लाख ३९ हजार आठ सय आठ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले छ अर्ब ७१ करोड ४३ लाख तीन सय ५३ रुपैयाँ कर्जा प्रवाह गर्दा २८ करोड ८६ लाख ९९ हजार आठ सय ६६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । उक्त अवधिमा एक दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय रहेको संस्थाको स्प्रेडदर भने दुई दशमलव ३२ प्रतिशत रहेको थियो ।