काठमाडौं,नेपाली कांग्रेस बाग्मती प्रदेशले मुख्यमन्त्रीको रुपमा बहादुर सिं लामालाई अगाडी सार्ने निर्णय गरेको छ । आइतबार बिहान हेटौंडामा बसेको बैठकले लामालाई मुख्यमन्त्री बनाउन सर्वसम्मत निर्णय गरेको हो । लामा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता हुन् । आजै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिँदैछन् । उनलाई कांग्रेसले विश्वासको मत नदिने भएको छ ।