काठमाडौं, असार ९
गहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी र स्र्माट च्वाईस टेक्नोलोजी (एससिटी) नेटवर्कबीच सम्झौता भएको छ । फाइनान्सले आफ्ना ग्राहकलाई विविध भुक्तानी उपकरण र डिजिटल भुक्तानीका सेवा उपलब्ध गराउने उद्देश्यले एससीटी नेटवर्कसँग सम्झौता गरेको हो । सम्झौतामा एससीटिका तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र गुहेश्वरीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । यसबाट गुहेश्वरी फाइनान्सका ग्राहकलाई विविध आवश्यकताबमोजिम छिटोछरितो, मितव्ययी र सरल ढंगले बैकिङ सेवा र सुविधाहरू प्राप्त जानकारी फाइनान्सले दिएको छ ।
परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवद्र्धन गर्ने स्मार्ट च्वाइस टेक्नोलोजिजको लक्ष्यबमोजिम बैंक तथा वित्तीय संस्थाहरूलाई यस्ता सेवा र सुविधा उपलब्ध गराउँदै आएको बताइएको छ । डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका बैकिंङ क्षेत्रका ग्राहकको बढ्दो आवश्यकता पूरा गर्न यसप्रकारका सहकार्य सहयोगी विश्वास दुुवै संस्थाका प्रमुुखहरूले लिएका छन् । फाइनान्सले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा पाँच करोड २० लाख ६८ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा पाँच करोड ५८ लाख ५६ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८० करोड रूपैयाँ रहेको फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा चार अर्ब ४४ करोड ८२ लाख २६ हजार रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ३५ करोड तीन लाख ७९ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ११ करोड ९० लाख एक हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव १० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
फाइनान्सले गत आवको सोही अवधिमा भने चार अर्ब ३१ करोड आठ लाख ६१ हजार रूपैयाँ निक्षेप संंकलन गरी तीन अर्ब २२ करोड १५ लाख १३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १२ करोड २३ लाख ७३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव सात प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।