काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमान्डुले स्टुडेन्ट अप्रेन्टिस प्रोग्रामको तेस्रो ब्याच सञ्चालन गर्ने भएको छ । यो कार्यक्रम विद्यार्थीहरूको मार्केटिङ तथा आन्ट्रप्रेनर्सिपको ज्ञान र व्यावहारिकताबीचको दूरीलाई कम गर्न डिजाइन गरिएको हो ।
फुडमान्डुले योभन्दा अगाडि दुई वटा स्टुडेन्ट अप्रेन्टिस प्रोग्राम सञ्चालन गरिसकेको छ भने तेस्रो संस्करण अगस्टको महिनाभरि सञ्चालन गर्ने योजना रहेको कम्पनीले जनाएको छ । फुडमान्डुकी ब्रान्ड एन्ड मार्केटिङ म्यानेजर इनेसा भट्टराईले कम्पनीले यस कार्यक्रममार्फत युवा प्रतिभालाई प्रोत्साहन गर्ने बताइन् । कार्यक्रममार्फत विद्यार्थीहरूलाई व्यावसायिक दुनियाँको गहिरो बुझाइ दिने र उनीहरूको रचनात्मकतालाई प्रोत्साहित गर्ने लक्ष्य राखेको उनको भनाइ छ ।
एक महिनासम्म चल्ने यस स्टुडेन्ट अप्रेन्टिस प्रोग्राममा सहभागी विद्यार्थीहरू हप्ताको तीन दिन फुडमान्डुको कार्यालयमा उपस्थित हुने गरेका छन् । उक्त समयमा विद्यार्थीहरूले रचनात्मक सोच बढाउने, योजना बनाउने, बजेटिङ, लजिस्टिक र ग्राहक अन्तत्र्रिmयासम्बन्धी व्यावहारिक अनुभव हासिल गर्दै आइरहेका छन् ।
कार्यक्रमको अघिल्लो संस्करणमा फुडमान्डु टिमको सुपरीवेक्षण र निर्देशनमा विद्यार्थीहरूले मार्केटिङको व्यावहारिक ज्ञान प्राप्त गरेका थिए । उनीहरूले विभिन्न अन्तक्र्रियात्मक प्रोजेक्टमा योजना र रणनीति बनाएर फुडमान्डुको ब्रान्ड सचेतना र उपस्थिति वृद्धि गरेका थिए । फुडमान्डुले आगामी ब्याचको लागि विद्यार्थीहरूको मार्केटिङ र आन्ट्रप्रेनर्सिपसम्बन्धी विस्तृत बुझाइ विकास गर्ने योजना बनाएको छ ।
कम्पनीले ती बुझाइलाई व्यवहारमा कार्यान्वयन गर्न र नयाँ अडियन्स पत्ता लगाउने कुरामा केन्द्रित रहने बताएको छ । स्टुडेन्ट अप्रेन्टिस प्रोग्रामको तेस्रो ब्याचप्रति इच्छुक विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान प्रदान गर्नका लागि निकै उत्साहित रहेको कम्पनीले जानकारी दिएको छ ।