काठमाडौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत असार १ठ गते नेपाली कांग्रेस र नेकपा एमाले बीच भएको सात बुँदे सहमतिमा एमाले दुढ रहने विश्वास व्यक्त गरेका छन् । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले दुई दलबीच भएको बहुप्रतिक्षित उक्त सहमति सार्वजनिक गरेपछि संसदलाई संवोधन गर्दै सभापति देउवाले उक्त विश्वास गरेका हुन । सभापति देउवाले आफ्नो दल नेपाली कांग्रेस उक्त सहमतिप्रति सधैं इमान्दार बनेको सरकारलाई विश्वासको मत दिन सांसदहरुलाई आग्रह समेत गरेका छन् ।