काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘मेड इन नेपाल’ अभियानलाई थप सशक्त बनाउन नेपाल युवा उद्यमी मञ्चका सदस्यहरूलाई आग्रह गरेका छन् ।
नेपाल युवा उद्यमी मञ्चको शुक्रबार काठमाडौंमा भएको २० औँ वार्षिक साधारणसभामा उनले करिब १५ वर्षअघि मञ्चले सुरु गरेको ‘मेड इन नेपाल’ अभियान धेरै संस्थाहरूको लागि प्रेरणाको स्रोत बनेको बताए । ढकालले नेपाल उद्योग वाणिज्य महासंघको युवा संगठनका रूपमा नेपाल युवा उद्यमी मञ्चले धेरै क्षेत्रमा नेतृत्व गरेकोमा प्रशंसा गरे । यस्तै, महासंघको पहलमा सरकारले स्टार्टअप नीति पारित गरेको ढकालले भेलालाई जानकारी दिए । ढकालले नेपाल उद्योग वाणिज्य महासंघले स्टार्टअपलाई कानुनमा परिभाषित गर्न सफल भएको बताए । नेपाल युवा उद्यमी मञ्चका सदस्यहरूले उद्यमशीलता प्रवर्द्धनमा विशेष भूमिका खेल्नेमा आफू विश्वस्त रहेको ढकालले बताए ।