बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादीहरू पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौं डल्लु ३२ वर्षीय होमबहादुर विश्वकर्मा, गोरखा, साबिक थालाजुङ गाविस वडा नं.–०२ हाल परिवर्तित सिरानचोक गाउँपालिका वडा नं.०२ घर भई हाल काठमाडौं जिल्ला कामनपा –०२ लाजिम्पाट बस्ने रामशरण बस्नेत र झापाको मेचीनगर घर भई हाल काठमाडौंको सिनामंगल बस्ने ३४ वर्षीय किरण देवी न्यौपाने छन् ।
कार्यालयका अनुसार काठमाडौं जिल्ला अदालत बबरमहलबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी जिल्ला उदयपुर साबिक पञ्चावती गाविस वडा नं. ९ हाल परिवर्तित उदयपुरगढी गापा वडा नं. ०५ घर भई का.जि.का.म.न.पा. वडा नं.१५ डल्लु बस्ने विश्वकर्मालाई सोमबार काठमाडौंको डल्लुबाट पक्राउ गरिएको हो । पक्राउ परेका विश्वकर्मालाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बौद्ध काठमाडौं पठाइएको उक्त कार्यालयले जानकारी दिएको छ ।
यसैगरी बैंकिङ कसुरका मुद्दाहरूमा उच्च अदालत पाटन ललितपुरबाट विभिन्न मितिमा फैसला भई फरार रहेका जिल्ला गोरखा, साबिक थालाजुङ गाविस वडा नं.–०२ हाल परिवर्तित सिरानचोक गाउँपालिका वडा नं.०२ घर भई हाल काठमाडौं जिल्ला का.म.न.पा.–०२ लाजिम्पाट बस्ने बस्नेतलाई पनि उक्त कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान ललितपुरको नख्खुबाट पक्राउ गरेको हो ।
पक्राउ परेका बस्नेतलाई फैसला कार्यान्वयनका सोही दिन ललितपुर जिल्ला अदालत लगनखेल ललितपुर पठाइएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार मोती कोइरालाको जाहेरीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २०८० पुस १० गतेको फैसलाले प्रतिवादी किरण देवी न्यौपानेलाई ४३ लाख आठ हजार छ सय रूपैयाँको बिगोबापतको रकम, दुई महिना १५ दिन कैद जरिबाना एक लाख ७२ हजार दुई सय ४४ रूपैयाँ क्षतिपूर्ति पीडित राहतकोषमा भराई हाल फरार रहेका झापा मेचीनगर नपा वडा नं. १० घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ९ सिनामंगल बस्ने न्यौपानेलाई पनि सोमबार प्रहरीको काठमाडौंको कागेश्वरी मनहारा नपा ग्रीनहिल सिटी हाउजिङबाट पक्राउ गरी पक्राउ गरेको हो । पक्राउ परेका फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत, बबरमहल काठमाडौंमा पठाइएका प्रहरीको भनाइ छ ।