काठमाडौं,सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुन सञ्चालनमा आएको छ । बुधबार बिहान ११ बजेर ११ मिनेटमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । त्यसपछि प्रभावित भएको बिमानस्थल पुन सञ्चालनमा आएको छ । आकाशमा होल्ड गरेको भुटान एयरको जहाज अवतरण भएको छ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परि १८ जनाको मृत्यु भएको पुष्टि नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको छ । उक्त जहाजका क्याप्टेन घाइते छन् । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ । नियमन निकायले जहान चेक नगरि उडान भर्नाले दुर्घटना भएको अनुमान गरिएको छ । नेपालमा बाहिर बाट प्रयोग परिक्षणका लागि लिएका जहाजहरु बढी देखिएका छन् । जिम्मेबार निकायको लापरबाहीले गरेका कारण नेपालमा बर्षेनी जहाज दुर्घटनामा परि कैयौ मानिसहरुको धन जनको क्षेती ब्यह्रोर्नुपरेको छ ।