काठमाडौं । आईसीएफसी फाइनान्सले मेहन्दी कार्यक्रम गरेको छ । फाइनान्सले श्रावण महिनाको पहिलो सोमबार पारी ‘मेहन्दीको महिना, माया र सद्भावले लगाऔं’ भन्ने सन्देशसहित आपसी सद्भाव अभिवृद्धि र मेहन्दीको रङ्गजस्तै सम्बन्धहरूलाई गाडा र रंगिन बनाउने अभिप्रायले आफ्ना कर्मचारी र ग्राहक तथा अन्य महिला दिदीबहिनी माझ मेहन्दी कार्यक्रम सम्पन्न गरेको हो ।
फाइनान्सले देशैभर रहेका विभिन्न २१ वटा शाखाहरूमा उक्त कार्यक्रम सम्पन्न गरेको छ । सबै शाखा कार्यालय परिसरमा संस्थाका ग्राहक महानुभावलगायत अन्य महिला दिदीबहिनीहरूको उल्लासमय उपस्थितिमा उक्त मेहेन्दी कार्यक्रम सम्पन्न भएको फाइनान्सले जनाएको छ ।