काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले पोखरा रिसर्च सेन्टरसँगको सहकार्यमा मधेश प्रदेशमा युथ इन पोलिसी गभर्नेन्स (वाईपिजी) फेलोसिपको अन्तिम तालिम शिविर आयोजना गरेको छ । सो तालिमका लागि सुरुवाती ५० सहभागीहरूबाट संसदीय कार्यहरूमा आफ्नो सिपलाई थप निखार्न १२ जना छानिएका थिए । यस तालिममा सहभागीहरूले प्रादेशिक सभा सदस्यहरू, नीति निर्माताहरू, थिंक ट्याङ्क विशेषज्ञहरू, शिक्षाविद् र पत्रकारहरूसँग अन्तर्क्रिया गरेका थिए । साथै, प्रादेशिक सभाका कार्य अवलोकन गरी व्यावहारिक अनुभव पनि प्राप्त गरेका छन् । २०१९ मा गण्डकी प्रदेशमा सुरु गरिएको वाईपीजी कार्यक्रमले प्रादेशिक तहमा युवा सहभागितालाई संस्थागत बनाउन निरन्तरता दिँदै आएको छ । वाईपीजी–मधेश फेलोसिपले अब ती १२ जना युवाहरूलाई प्रादेशिक सभा सदस्यहरूका सल्लाहकारको रूपमा आगामी छ महिना काम गर्नेछन् ।