पोखरा , इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ पोखरामा पाइने भएको छ । क्लासिक ह्वील्स एक्सपोर्ट एण्ड इम्पोर्टले पोखराको नयाँबजारमा शोरुम सञ्चालन गरेको हो । क्रसफायर शोरुम यो स्कुटरको डिलर हो ।आधुनिक प्रविधिबाट निर्मित यो स्कुटर एक पटक चार्ज गरिसकेपछि ३ सय ५० किमीसम्म गुडडाउन सकिने बताइन्छ । हाल यसको मूल्य ३ लाख ६५ हजार रुपैयाँ छ । कम्पनीका मार्केटिङ म्यानेजर अनुराग बामका अनुसार यो स्कुटर लामो दुरीमा पनि चलाउन सकिन्छ । अन्यको तुलनामा यो स्कुटर चढ्नमा पनि आरामदायी छ । स्कुटर प्रतिघण्टा ड्राइभिङमा ६० प्रतिकिमी र स्पोर्टस् मोडमा ६८ किमीसम्म गुड्न सक्छ । परीक्षणका क्रममा पोखरादेखि चितवन सजिलै गएर फर्किएको अनुभव बामले सुनाए । यसको ब्याट्रीमा पाँच वर्षसम्म वारेन्टी दिइएको भए पनि कम्तीमा १० वर्षसम्म टिकाउ हुने कम्पनीको दावी छ । व्याट्री एक पकट फुल चार्ज गर्न देखि ८ घण्टासम्म समय लाग्नेछ । कम्पनी डाइरेक्टर रेविका बुढाथोकीले कम्पनीको पोखरासहित काठमाडौँको महाराजगञ्ज, बागलुङ, वीरगञ्ज, दाङ र धनगढीमा डिलर छ । काठमाडौँमा साउलफुल मोटर महाराजगञ्ज, इको एक्जिम नेपाल टेकु, बागमती मोटरसाइकल सेन्टर, बागलुङमा सावित्री अटो मोबाइल, दाङमा जेबिएस अटोमोबाइल्स् र कैलालीको धनगढीमा असीयुन ट्रेड प्रालि यसका डिलर हुन् ।