काठमाडौं,विश्व खेलकुदको सबैभन्दा ठूलो प्रतिस्पर्धा ‌ओलिम्पिक्स खेलको ३३औँ संस्करण फ्रान्सको प्यारिसमा आगामी शुक्रवारदेखि औपचारिक रूपमा सुरु हुँदै छ। यसपटकको प्यारिस ओलम्पिक्समा २०६ देशका १०,७०० खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। अनि ३२ खेलको ३२९ विधामा विश्वभरिका खेलाडीको भिडन्त हुनेछ। यस पटक नेपालबाट सात जना खेलाडीले ओलम्पिक्समा भाग लिँदै छन्।टेबलटेनिसका स्यान्टू श्रेष्ठले दक्षिण एसियाली छनोट जितेर प्रतियोगितामा स्थान पक्का गरेका थिए। बाँकी छ खेलाडीले प्रदर्शनको आधारमा कोटा पाएर ओलम्पिक्समा स्थान बनाएका हुन्। स्यान्टूसँगै ब्याडमिन्टनबाट प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल, पौडी खेलाडीद्वय अलेक्जेन्डर शाह र डुवाना लामा, जुडोकी मनिता प्रधान श्रेष्ठ र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले ओलम्पिक खेल्दै छन्।उत्कृष्ट प्रदर्शनको लक्ष्य खेलाडीहरू ‌ओलिम्पिकका लागि प्यारिस गइसकेका छन् ओलिम्पिक्समा नेपाली खेलाडीले सकेसम्म उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएका छन्। ओलिम्पिक्सको उद्घाटनमा नेपाल टेबल टेनिसका स्यान्टु र जुडोकी मनिताले नेपालको राष्ट्रिय झण्डा बोक्ने छन्।कहिलेकहिले छ नेपाली खेलाडीको प्रतिस्पर्धा? प्रिन्स दाहाल – ब्याडमिन्टन, पुरुष एकल- साउन १२-१६ सम्म समूह चरणका खेल प्रिन्स समूह जेमा छन् तर विस्तृत खेलतालिका सार्वजनिक हुन बाँकी छ।स्यान्टू श्रेष्ठ – टेबलटेनिस, पुरुष एकल- साउन १२-१६ सम्म समूह चरणका खेल (विस्तृत खेलतालिका सार्वजनिक हुन बाँकी)सुस्मिता नेपाल- सुटिङ – १० मिटर एअर राइफल- साउन १३ गते छनोट चरणअलेक्जेन्डर शाह – पौडी – १०० मिटर फ्रिस्टाइल - साउन १५ गते हिट चरणडुवाना लामा – पौडी- २०० मिटर फ्रिस्टाइल - साउन १३ गते हिट चरणमनिता श्रेष्ठ प्रधान- जुडो- ५७ केजीमुनि तौल समूह- साउन १४ गते समूह चरणसन्तोषी श्रेष्ठ – महिला म्याराथन- साउन २७ (बीबीसी)